पाकिस्तानमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु

एजेन्सी, २६ जेठ । पाकिस्तानमा बस दुर्घटना हुँदा २२ जना यात्रुको मृत्यु भएको छ ।
दक्षिणपश्चिम पाकिस्तानको दुर्गम स्थानमा सडकबाट खाल्डोमा खस्दा महिला र बालबालिकासहित २२ यात्रुको मृत्यु भएको हो ।
बलुचिस्तान प्रान्तको किल्ला सैफुल्लाह जिल्लामा सो दुर्घटना भएको हो । सहायक जिल्ला प्रशासक मोहमद क्वासिमका अनुसार दुर्घटनामा सबै जनाको मृत्यु भएको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
दुर्घटनाको समयमा मौसम खराब रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । दुर्घटनाप्रति पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले दुःख व्यक्त गरेका छन् ।
पुराना सडक, कमजोर संरचनालगायतका कारण पाकिस्तानमा बारम्बार सडक दुर्घटना हुने गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


