पाकिस्तानका चर्चित टिभी कार्यक्रम प्रस्तोता तथा सांसद डा. हुसैनको निधन

एजेन्सी, २६ जेठ । पाकिस्तानका चर्चित टिभी कार्यक्रम प्रस्तोता तथा सांसद डा. आमिर लियाकट हुसैनको कराँचीमा निधन भएको छ ।
पाकिस्तानी मिडियामा आएको समाचारअनुसार उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल लगिएको थियो । तर, अस्पतालमा उनलाई चिकित्सकले मृत घोषणा गरे ।
उनको मृत्युको कारण थाहा नभएको भन्दै पाकिस्तानी प्रहरीले उनको पोस्टमार्टम गरिने बताएको छ ।
उनको निधन भएपछि त्यहाँका संसद बैठक शुक्रबार साँझसम्मका लागि स्थगित गरिएको छ । केही समयअघि उनले तेस्रो विवाह गरेपछि विवादमा घेरिएको थिए ।
विवाद चर्किएपछि उनले पाकिस्तान छोड्ने घोषणासमेत गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


