बलिउड अभिनेत्री महिमा चौधरीलाई स्तन क्यान्सर

एजेन्सी, २६ जेठ । बलिउड अभिनेत्री महिमा चौधरीलाई स्तन क्यान्सर भएको छ ।
उनलाई स्तन क्यान्सर भएको भन्दै अभिनेता अनुपम खेरले एक भिडियो सार्वजनिक गरेका छन् ।
बलिउडमा राम्रो नाम बनाइसकेकी महिमालाई निकै ट्यालेन्टेड अभिनेत्रीका रुपमा लिने गरिएको छ ।
फिल्म परदेशीमा उनले गरेको अभिनयको अहिले पनि चर्चा हुने गरेको छ ।
अनुपम खेरले सेयर गरेको भिडियोमा महिमाले आफूलाई केही पहिले नै स्तन क्यान्सर भएको थाहा पाएको बताएकी छिन् । उनले चिकित्सकले उनको स्तनबाट क्यान्सरका कोष हटाएको पनि बताएकी छिन् ।
अहिले आफू ठिक भएको पनि उनले बताएकी छिन् । अनुपम खेरले चाहिँ उनलाई कुनै विग नलगाइ आफ्नो फिल्ममा काम गर्न अनुरोध गरेको बताएका छन् ।
यसअघि महिमाको २०१३ मा विवाह सम्बन्ध टुटेको थियो । त्यसअघि उनी एक गम्भीर कार दुर्घटनामा परेकी थिइन् । त्यति बेला उनको अनुहारबाट मात्रै ६७ वटा सिसाका टुक्रा निकालिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


