काठमाडौं, २५ जेठ । गीतकार तारा अधिकारीको नयाँ गीत ‘ताँती’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सुनौलो तारा मोसन पिक्चर्स युट्युब च्यानलबाट दर्शकमाझ आएको गीतमा राजनराज शिवाकोटी र अस्मिता अधिकारीको स्वर छ ।

गीतमा संगीत राजनराज शिवाकोटी र संगीत संयोजन बिजेश्वर राज तण्डुकारको छ । तास रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड भएको हो ।

गीतलाई राजेश्वर राज तण्डुकारले मिक्सिङ गरेका हुन् । गीतको भिडियोमा नाजिर हुसेन र दिप्सिना अधिकारीको अभिनय छ । शान थापाको निर्देशनमा तयार भएको भिडियोलाई अर्जुन तिवारीले छायांकन र सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

सामान्य ग्रामिण परिवेशको बस्तीमा छायांकन गरिएको गीतको भिडियो उत्कृष्ट बनेको छ । गीतले दर्शकको साथ पाउने विश्वास गीतकार तारा अधिकारीले गरेकी छिन् ।