उत्तर कोरियाले आणविक परीक्षण गरे कडा कारबाही गर्ने अमेरिकाको चेतावनी

एजेन्सी, २४ जेठ । उत्तर कोरियाबाट आणविक परीक्षणको आशंका बीच एक शीर्ष अमेरिकी अधिकारीले कडा कारबाहीको चेतावनी दिएकी छन् ।
अमेरिकी उप विदेशमन्त्री वेन्डी शर्मनले यस्तो अवस्थामा सम्पूर्ण विश्वले त्यसको प्रतिक्रिया दिने आशा राखेको बताइन् ।
शर्मनले आफ्नो दक्षिण कोरियाली समकक्षीसँग सोलमा भेट गरेपछि यस्तो टिप्पणी गरेकी हुन् ।
केही समयदेखि उत्तर कोरियाले २०१७ पछि पहिलोपटक परमाणु परीक्षण गर्ने तयारी गरिरहेको सङ्केतहरू देखिएका छन् ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुखले उत्तर कोरियाले आफ्नो मुख्य आणविक क्षेत्रमा गतिविधि बढाउँदै गरेको चेतावनी दिएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


