यमनको सरकार र हुथी विद्रोही बीचको दोस्रो चरणको वार्ता सकारात्मक

एजेन्सी, २४ जेठ । यमनको सरकार र हुथी विद्रोहीका बीचमा आइतबारबाट सुरु भएको दोस्रो चरणको वार्ता सकारात्मक रहेको जनाइएको छ ।
यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुन्बर्गको विशेष उपस्थितिमा ताइज भन्ने स्थानमा सुरु भएको यी दुई पक्षको वार्ता सकारात्मक रुपमा अघि बढेको बताइएको हो ।
यमनी सरकार र हुथीहरुले पहिलो चरणमा गरेको वार्तामा केही प्रगति भएको बताइएको थियो । त्यसको केही समयपछि आइतबारबाट यो दोस्रो चरणको वार्ता सुरु भएको हो ।
यमनमा कैयौँ वर्षदेखि हिंसा जारी राखेका यहाँ हुथी विद्रोहीहरुका प्रतिनिधि र यमनी सरकारका प्रतिनिधिबीच सकारात्मक रुपमा वार्ता अघि बढेको बताइएको छ ।
यमनमा धेरै वर्षदेखि विद्रोह र हिंसा हँदै गएपछि यसको राजनीतिक समाधान निकाल्नुपर्नेमा जोड दिइएको थियो । सोही कारण संयुक्त राष्ट्रसंघका प्रतिनिधिको उपस्थितिमा विद्रोहको राजनीतिक समाधान निकाल्नका लागि भन्दै यो वार्ता सुरु भएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


