काठमाडौं, २४ जेठ । नेपाल मेडिकल काउन्सिलले २०७९ सालको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।

काउन्सिलले स्नातक तह २ चरण र स्नातकोत्तर तहको दर्ता परीक्षा (लाइसेन्स परीक्षा) को मिति ३ चरणमा हुने गरि तय गरेको छ ।

काउन्सिलका अनुसार स्नातक तहको असोज ६, ७ र ८ गते तथा माघ १२, १३ र १४ गते परीक्षा हुनेछ । यस्तै स्नातकोत्तर तहको विशेष परीक्षा साउन ६ र ७ गते, मंसिर ९ र १० गते तथा चैत १७ र १८ गतेलाई तोकिएको छ ।

साउन ६ र ७ गते हुन गइरहेको विशेष परीक्षाका लागि जेठ २० देखि असार २२ गतेसम्म आवेदन फारम भर्न काउन्सिलले भनेको छ ।

विदेशमा भर्ना भई कोभिडका कारण नेपालमा इन्र्टनशीप गरिरहेका विद्यार्थीहरुले परीक्षामा सामेल हुन शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले तोकेको अवधिको इन्टर्नशीप पूरा गरेको र विश्वविद्यालयको अन्तिम प्रमाणपत्र आवश्यक पर्ने काउन्सिलले जनाएको छ ।