पोखरा, २३ जेठ । पोखरा विश्वविद्यालयले असारबाट अस्पताल सुरु गरी बहिरंग विभाग (ओपिडी)सेवा सञ्चालनमा ल्याउने भएको छ ।

विश्वविद्यालय परिसरभित्रकै छात्रावासलाई ‘मोडिफाई’ गरेर ओपिडी सेवा सञ्चालन गर्न लागिएको विश्वविद्यालयका राजिस्ट्रार प्रा.डा. दीपकबहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार ओपिडी सञ्चालन ल्याउन आवश्यक प्रशासनिक जनशक्ति, क्लिनिकल प्राविधिक जनशक्ति आदिका लागि विज्ञापन भई नियुक्तिको कामसमेत अन्तिम चरणमा पुगेको छ ।

अस्पताल सञ्चालनको सुरुको चरणमा बिरामी जाँच्ने बहिरंग सेवा (ओपिडी) थाल्न लागिएको हो । अस्पताल निर्माणका लागि पोखरा विश्वविद्यालयले सूर्य कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ ।