दक्षिण कोरियामा कोरोना संक्रमण घट्दै

एजेन्सी, २३ जेठ । पछिल्लो समय कोरोना संक्रमणबाट धेरै प्रभावित भएको दक्षिण कोरियामा अहिले संक्रमण घट्न थालेको छ ।
सोमबार देशमा ५ हजार २२ नयाँ संक्रमति थपिएको कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीलाई उद्धृत गर्दै योन्हापले खबर दिएको छ । यो संख्या १३९ दिन यताकै थोरै रहेको योन्हापले जनाएको छ ।
यसअघि जनवरी १८ मा यो भन्दा कम ४०६८ जनामा कोरोना पुष्टि भएको थियो । त्यसपछि संक्रमण लगातार उकालो लागेको थियो । आइतबार ९ हजार ८३५ जनामा कोरोना देखिएको थियो ।
मार्चको मध्येमा सबै कोरियामा दैनिक कोरोना पुष्टि हुनेको संखया ६ लाख २० हजारसम्म पुगेको थियो ।
यो समेत कोरियामा संक्रमण पुष्टि हुनेको कुल संख्या १ करोड ८१ लाख ६८ हजार ७०८ पुगेको छ ।
२४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ रहेको छ । यो मृत्युदर ०.१३ प्रतिशत भएको योन्हापले जानकारी दिएको छ । योन्हापका अनुसार देशमा अहिले गम्भीर अवस्थाका बिरामी १२९ जना रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


