एजेन्सी, २३ जेठ । वेल्स कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ ।

घरेलु टोली वेल्सले युरोपेली छनोटअन्तर्गत गएरातिको प्लेअफ फाइनलमा युक्रेनलाई १–० ले हराउँदै विश्वकपमा स्थान सुरक्षित गरेको हो ।

कार्डिफ सिटी स्टेडियममा खेलको ३४ औं मिनेटमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले गरेको आत्मघाती गोल नै वेल्सलाई दोस्रोपटक विश्वकप पुर्याउन पर्याप्त बन्यो ।

उनले ग्यारेथ बेलको फ्रिकिकलाई बचाउन खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगेको थिए । यो जितसँगै वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट भएको छ । उसले पछिल्लोपटक सन् १९५८ मा विश्वकप खेलेको थियो ।

वेल्स, इंग्ल्याण्ड, अमेरिका र इरानसँगै समूह ‘बी’ मा रहने छन् ।