काठमाडौं, २३ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा २१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९९० जनाको पीसीआर परीक्षण गर्दा ७ र १ हजार २५८ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन भने ८ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ४८१ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । त्यस्तै, ९ लाख ६७ हजार १४५ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर १०९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १०९ जना होम आइसोलेसनमा छन् ।