नेपालका ओपनरद्वय शेख र भुर्तेल घाइते, खकुरेल टोलीमा समावेश

काठमाडौं, २२ जेठ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल घाइते भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार ओपनर आसिफ र कुशलले खुट्टामा चोट लागेको जानकारी दिएको हो ।
घाइते भएपछि दुवैले कम्तिमा पनि सिरिजको पहिलो खेल गुमाउने भएका छन् ।
विकेटकिपर समेत रहेका आसिफ तथा कुशल दुवै नेपाली अलस्टारविरुद्वको पहिलो अभ्यस खेलमा घाइते भएका थिए ।
दुवै ओपनर घाइते भएपछि विकेटकिपर ब्याटर सुवास खकुरेललाई टोलीमा समावेश गरिएको क्यानले जाएको छ ।
सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ । सिरिज अन्तर्गत नेपालले ९ जुनमा ओमानविरुद्ध पहिलो खेल खेल्नेछ ।
यस्तै, नेपालले ११ जुनमा अमेरिका, १४ जुनमा ओमान तथा १५ जुनमा अमेरिकाविरुद्ध खेल्नेछ ।
लिग–२ अन्तर्गत हालसम्म १२ खेलमा समान ६ जित र हारको नतिजा निकालेको नेपाल छैटौं स्थानमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


