एजेन्सी, २२ जेठ । स्पेनिस क्लब बार्सिलोनाले आफ्नो मैदान क्याम्प नोउ विवाहका लागि भाडामा दिने भएको छ । उसले विवाहका लागि विभिन्न प्याकेजसमेत उपलब्ध गराएको छ ।

सबैभन्दा सस्तो प्याकेज ‘फाउन्डेशन लाउन्ज’ हो, जसका लागि १ हजार ६०० युरो तिर्नुपर्ने हुन्छ । जसमा २५ देखि ५० व्यक्ति मात्र उपस्थित हुन पाउनेछन् ।

सबैभन्दा महँगो भने ‘ग्राण्डस्ट्यान्ड हल’ हो जसका लागि १३ हजार ५०० युरो तिर्नुपर्नेछ । यसमा ३०० देखि १०० हजार मानिस उपस्थित हुन सक्छन् ।

त्यस्तै, नोउ क्याम्पको टेरेसका लागि ६ देखि ७ हजार युरोसम्म तिर्नुपर्ने हुन्छ । यसमा ग्राहकले आफूले छनोट गरेको स्थान ६ घण्टासम्म प्रयोग गर्न सक्छन् ।

बार्सिलोना हाल आर्थिक संकटकबाट गुज्रिरहेको हुँदा उसले आयआर्जनका लागि विवाह समारोहका लागि मैदान भाडामा दिन लागेको हो ।

विवाहबाहेक बार्सिलोनाले जुन ६ देखि ११ सम्म अन्य क्लब तथा सर्वसाधारणलाई पनि मैदानमा फुटबल खेल्न दिने भएको छ । त्यसका लागि प्रत्येक खेलाडीले १ घण्टाको ३०० युरो तिर्नुपर्नेछ ।