स्वास्थ्य व्यवसायी परिषद्को नाम दर्ता परीक्षा असार २२ देखि २४ गतेसम्म

काठमाडौं, २२ जेठ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नाम दर्ता परीक्षाको मिति तोकेको छ ।
परिषद्ले स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको तेस्रो नाम दर्ता परीक्षा यही असार २२, २३ र २४ गते गर्ने भएको छ ।
परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा हुने जानकारी पनि परिषद्ले दिएको छ ।
परिषद्का् जेठ १५ गतेको निर्णयअनुसार परीक्षा तालिका सार्वजनिक गरिएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


