एजेन्सी, २२ जेठ । अमेरिकाको फिलाडेल्फियामा गोली चल्दा ३ जनाको मृत्यु भएको छ । शनिबार राति भएको घटनामा अन्य ११ जना घाइते भएका छन् ।

फिलाडेल्फिया प्रहरी कार्यालयले भिडभाड भएको स्थानमा अज्ञात व्यक्तिले अन्धाधुन्ध गोली चलाएको जनाएको छ ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार सुरक्षाकर्मीले बन्दुक बरामद गरेका छन् । आक्रमणकारीको खोजी भइरहेको बताइएको छ ।

फिलाडेल्फियाको व्यस्त साउथ स्ट्रिट क्षेत्रमा शनिबार राति अज्ञात व्यक्तिले गोली अन्धाधुन्ध भीडमा गोली चलाएका थिए ।

अफिसरहरूले उक्त क्षेत्रमा गस्ती गरिरहेकाका बेला बन्दुकको आवाज सुनेको फिलाडेल्फियाका प्रहरी निरीक्षक डीएफ पेसले बताए ।

उनले अधिकारीहरूले धेरै सक्रिय सुटरहरूले भीडमा गोली हानेको देखेको बताए ।