काठमाडौं, २२ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा १३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ९ र १ हजार ५५ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन भने ९ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ४६० पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । त्यस्तै, ९ लाख ६७ हजार १३७ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ११० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १०९ जना होम आइसोलेसनमा र १ जना संस्थागत आइसोलेसनमा छन् ।