हेटौंडा, २१ जेठ । हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको चौथौं संस्करण २०७९ अन्र्तगत शनिबारको खेल स्थगित भएको छ ।

अपरान्ह ४ बजे हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने खेल वर्षातका कारण स्थगित गर्नुपरेको आयोजकले जनाएको छ ।मध्यान्हदेखि परेको वर्षाको कारण यतिबेला क्याम्पा रंगशालामा पानीले भरिएको छ ।

आज सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब र फ्रेन्डस क्लब ललितपुरबीच हुने खेल स्थगन गर्नुपरेको मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।