शनिबार १६ नयाँ संक्रमित थपिए, ९ जना संक्रमणमुक्त

काठमाडौं, २१ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा १६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५७ जनाको पीसीआर परीक्षण गर्दा ८ र १ हजार २२७ जनाको एन्टीजेन परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन भने ९ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ४४७ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । त्यस्तै, ९ लाख ६७ हजार १२८ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ११० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १०९ जना होम आइसोलेसनमा र १ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
मन्त्रालयका अनुसार हालसम्म १ करोड ८४ लाख ५२१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


