मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत, प्रदेश प्रमुखले आइतबार प्रदेश सभामा प्रस्तुत गर्ने

जनकपुरधाम, २१ जेठ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।
मुख्यमन्त्री निवास मधेस भवनमा शनिबार सम्पन्न मन्त्रीपरिषद्को बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।
मन्त्रीपरिषद्बाट स्वीकृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले आइतबार प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले आफ्नो कार्यकालको अन्तिम नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।
सभामुख सरोज कुमार रायले आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रबाट प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएकाले प्रदेश सांसदहरुलाई अनिवार्य रुपमा आ–आफ्नो सांस्कृतिक वेशभूषामा दिनको साढे ३ बजेसम्ममा प्रदेशसभामा उपस्थित हुन आग्रह गरेका छन् ।
नीति तथा कार्यक्रममाथिको छलफल सम्पन्न भएपछि असार १ गते प्रदेश सभामा सरकारको बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले सोहीअनुसारको तयारीमा प्रदेश सरकार लागिपरेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


