सरकारले एमबीबीएस विद्यार्थीलाई चीन फिर्ताको प्रक्रिया अगाडि बढायो

काठमाडौं, २० जेठ । सरकारले कोरोना महामारीका कारण नेपाल आई बन्दाबन्दीका कारण अध्ययन गर्न जान नपाएका विद्यार्थीहरुलाई पुनः चीन फिर्ताको प्रक्रिया अगाढि बढाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गरि चीनका विभिन्न विश्वविद्यालयहरुमा एमबीबीएससहित उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुलाई चीन जाने प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।
मन्त्रालयले पहिलो चरणमा २८१ जनालाई चीन फिर्ताको प्रक्रिया अगाढि बढाएको छ । चीन फिर्ताका लागि भिसा प्राप्तिलाई निवेदन दिन मन्त्रालयले सुचित गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


