काठमाडौं, २० जेठ । अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमा कार्यक्रम कम्पनीलाई दिने निर्णय नभएको बताएका छन् ।

शुक्रबार संसदमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिनेक्रममा मन्त्री शर्माले स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्न मात्रै खोजिएको स्पष्ट पारेका हुन् ।

‘स्वास्थ्य बीमा कुनै कम्पनीलाई दिइएको छैन, दिन खोजिएको पनि होइन । अहिले जहाँ छ, त्यहीँबाट परिचालन भइरहेको छ’ उनले भने ।

स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गर्न अध्ययन भने जरुरी रहेको उनले बताए ।

स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन बीमा कम्पनीमार्फत् सञ्चालन गर्न आवश्यक तयारी गरिने भन्ने विषय बजेट वक्तव्यमा आएपछि केही सांसदले यसको विरोध गरेका थिए ।