शुक्रबार २६ नयाँ संक्रमित थपिए, ९ जना संक्रमणमुक्त

काठमाडौं, २० जेठ । नेपालमा पछिल्लो २४ घण्टामा २६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५२८ जनाको पीसीआर परीक्षण गर्दा १९ र १ हजार ७७ जनाको एन्टीजेन परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन भने ९ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ४३१ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । त्यस्तै, ९ लाख ६७ हजार ११९ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर १११ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ११० जना होम आइसोलेसनमा र १ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये १ जना आईसीयूमा उपचाररत् छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


