एजेन्सी, २० जेठ । भारत प्रशासित कश्मिरमा बिहीबार राति आक्रमण भएको छ । आक्रमणमा एक मजदुरको मृत्यु भएको कश्मिर प्रहरीले बताएको छ ।

अन्य एक घाइते भएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको भारतीय मिडियाले जनाएका छन् ।

कश्मिर प्रहरीका अनुसार अचानक सुरु भएको गोलाबारीमा ती मजदुरको मृत्यु भएको हो । मृतक मजदुरको नाम दिलखुश कुमार रहेको र उनी १७ वर्षका मात्र भएको बताइएको छ ।

अस्पतालमा उपचाररतको अवस्था पनि गम्भीर भएको बताइएको छ ।