संयुक्त राष्ट्र संघमा अब टर्कीलाई टर्कियेको नामले चिनिने

एजेन्सी, २० जेठ । टर्कीले अब आफ्नो नाम फेरेको छ । संयुक्त राष्ट्र संघमा अब टर्कीलाई टर्कियेको नामले चिनिने भएको छ ।
राष्ट्रसंघले टर्कीको यो नाम फेर्ने अनुरोधलाई स्वीकार गरेको छ ।
टर्कीका राष्ट्रपति रिसेप तैय्यप एर्दोआनले पछिल्लो वर्ष रिब्रान्डिङ क्याम्पेन चलाएका थिए । त्यति बेला उनले आफ्नो देशको नाम फेर्ने प्रस्ताव गरेका थिए ।
उनले गत डिसेम्बरमा भनेका थिए, ‘टर्कियेले यहाँको मानिस, सँस्कृति, सभ्यता तथा मूल्यको सबैभन्दा राम्रोसँग प्रतिनिधित्व तथा अभिव्यक्ति गर्नेछ ।’
यही साता राष्ट्रसंघमा यसका लागि अनुरोध भएको थियो । राष्ट्रसंघले यसलाई स्वीकार गरेको छ ।
टर्कीलाई त्यहाँका मानिसहरुले टर्किये यसअघि पनि भन्ने गरेका थिए । गत डिसेम्बरमा राष्ट्रपतिले नै यस्तो प्रस्ताव गरेपछि त्यहाँका केही कम्पनीहरुले चाहिँ नयाँ नाममा ब्रान्डिङ सुरु गरेका थिए ।
टर्कीको अंग्रेजी अर्थ बेवकुफ हुने भएकाले पनि यो नाम फेरिएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


