ओसिसलाई ५–० ले हराउँदै प्लानिङ ब्वाइज ‘बी’ डिभिजनमा बढुवा

काठमाडौं, २० जेठ । सहिद स्मारक ‘सी’ डिभिजन लिग अन्तर्गत शुक्रबार ओसिस क्लबलाई ५–० ले हराउँदै प्लानिङ ब्वाइज युनाइटेड ‘बी’ डिभिजनमा बढुवा भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्लानिङलाई जित दिलाउन फागुराम थारुले ह्याट्रिक गर्दा अर्जुन कुमार राना र ओमप्रकाश चौधरीको नाममा एक÷एक गोल रह्यो ।
खेलको तेस्रो, आठौं र १६ औं मिनेटमा गोल गर्दै थारुले आफ्नो ह्याट्रिक पूरा गरेका थिए । रानाले ४३ र चौधरीले ८२ औं मिनेटमा गोल गरेपछि प्लानिङले ५–० को फराकिलो जित निकाल्दै ‘बी’ डिभिजन लिगको यात्रा तय ग¥यो ।
लिगको आफ्नो अन्तिम खेलमा जित निकालेसँगै प्लानिङ ३१ अंकका साथ शिर्ष स्थानमा उक्लिएको छ । अपराजित रहँदै लिग सक्काउने एक मात्र टोली प्लानिङले १३ खेलमा ९ जित र ४ बराबरीको नतिजा निकाल्यो ।
पराजित ओसिसले भने अन्तिम स्थानमा रहँदै लिग सक्काएको छ । रेलिगेसनमा परेको उसले १३ खेलमा ११ हार तथा समान एक/एक जित र बराबरीको नतिजा निकाल्दै चार अंक मात्र जोड्न सक्यो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


