एजेन्सी, २० जेठ । युइएफए नेसन्स लिगअन्तर्गत गएरातिको खेलमा स्पेन र पोर्चुगलले बराबरी खेलेका छन् ।

लिग ‘ए’ अन्तर्गत समूह २ को खेलमा दुवै टोली १–१ को बराबरीमा रोकिएका हुन् ।

बेनिटो भिल्लामरिन स्टेडियमा सुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु टोली स्पेन अंक बाँड्न बाध्य बन्यो । खेलको २५ औं मिनेटमा पाब्लो साराबियाको पासलाई सदुपयोग गर्दै अल्भारो मोराटाले स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

८२ औं मिनेटमारिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई १९१ को बराबरीमा ल्याए । उनले जाओ कान्सेलोको पासलाई सदुपयोग गरेका थिए ।

यो नतिजासँगै दुवै टोलीले एकर एक अंक जोडेका छन् । यही समूहको अर्को खेलमा चेक रिपब्लिकले स्वीट्जरल्याण्डलाई २–१ ले हराउँदै सुखद सुरुवात ग¥यो ।

लिगअन्तर्गतकै अन्य खेलमा इस्टोनियाले सान मारिनोलाई २–० ले पराजित गर्दा इजरायल र आइसल्याण्ड २–२ को बराबरीमा रोकिएका छन् ।