मुख्यमन्त्री राउत नेतृत्वको सरकारले आइतबार अन्तिम नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

जनकपुरधाम, १९ जेठ । मधेस प्रदेश सरकारले आइतवार अन्तिम नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको छ ।
मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले आफ्नो कार्यकालको अन्तिम नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।
बिहिवार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोज कुमार रायले मुख्यमन्त्री कार्यालयबाट आएको पत्रमा प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि आइतवार दिउँसो ४ बजेको समय माग गरिएकोमा उनले सो समय उपलब्ध गराएका हुन् ।
सभामुख रायले आइतवार प्रदेश प्रमुख हरिशंकर मिश्रबाट प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएकाले प्रदेश सांसदहरुलाई अनिवार्य रुपमा आ–आफ्नो सांस्कृतिक भेषभुषामा दिनको साढे ३ बजेसम्ममा प्रदेशसभामा उपस्थित हुन आग्रह गरेका छन् ।
नीति तथा कार्यक्रममाथिको छलफल सम्पन्न भएपछि असार १ गते प्रदेश सभामा सरकारको बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले सोही अनुसारको तयारीमा प्रदेश सरकार लागिपरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


