उत्तर कोरियामा संकट गहिरिएको हुनसक्ने डब्लूएचओको अनुमान

एजेन्सी, १९ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले उत्तर कोरियाको कोभिड महामारीको तथ्यांकबारे आफ्नो पहुँच नभएको तर त्यहाँ संकट गहिरिएको हुनसक्ने अनुमान गरेको छ ।
१२ मेमा पहिलो कोभिड केस देखिएको घोषणा गरेको उत्तर कोरियाले गत साता कोभिड नियन्त्रणमा आएको दाबी गरेको थियो । सरकारी सञ्चारमाध्यम केसीएनले संक्रमणका घटनामा कमी आएको जनाएको थियो ।
डब्लूएचओका आपतकालीन निर्देशक माइकल रायनले सो दाबीमाथि प्रश्न गरेका छन्, ‘हामीलाई लाग्छ त्यहाँको अवस्था राम्रोभन्दा पनि झन बिग्रिएको छ ।’ विश्वबाटै एक्लिएको अधिनायकवादी देश उत्तर कोरियाले केही सीमित जानकारी उपलब्ध गराएको उनले बताए ।
उत्तरले यसअघि ‘ज्वरो’ बाट लाखौँ नागरिक प्रभावित भएको बताएको थियो । उत्तर कोरियामा ३० लाख जनामा कोभिड संक्रमण देखिएको तर उसको आधिकारिक विवरणमा संक्रमणलाई ज्वरो भनिएको पनि डब्लूएचओले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


