महिला टी–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं, १९ जेठ । मलेसियामा आयोजना हुने एसिसी महिला टी–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।
एसियन क्रिकेट काउन्सिल (एसिसी) ले बुधबार जुन १७ देखि २५ सम्म हुने च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको हो ।
एसिसीले सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘बी’ मा नेपाल हङकङ, कुवेत, भुटान र बहराइन तथा समूह ‘ए’ मा मलेसिया, यूएई, ओमान, कतार र सिंगापुर छन् ।
तालिकाअनुसार नेपालले १७ जुनमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै, नेपालले १८ जुनमा कुवेत, २० जुनमा बहराइन र २१ जुनमा हङकङको सामना गर्नेछ ।
समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको सेमिफाइनल २४ जुन र फाइनल २५ जुनमा हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


