काठमाडौं, १९ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा १४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा ११ र १ हजार १८२ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन भने ८ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ४०५ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । त्यस्तै, ९ लाख ६७ हजार ११० जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर १०१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १०० जना होम आइसोलेसनमा र १ जना संस्थागत आइसोलेसनमा छन् ।
कोरोनाका बिरामीमध्ये १ जना आईसीयूमा उपचाररत् छन् ।