मधेस प्रदेश सभाको नवौं अधिवेशन आजदेखि सुरु

जनकपुरधाम, १९ जेठ । मधेस प्रदेश सभाको नवौं अधिवेशन बिहीबारदेखि सुरु भएको छ ।
आजको बैठकमा प्रदेश सभा सदस्य डा. डिम्पल कुमारी झाको निधनमा शोक प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ ।
प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २१ गते पेस हुने कार्यक्रम रहेको छ भने असार १ गते आर्थिक वर्ष २०७९/८० का लागि अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
नीति तथा कार्यक्रममाथिको छलफल सम्पन्न भएपछि असार १ गते प्रदेश सभामा सरकारको बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले सोही अनुसारको तयारीमा प्रदेश सरकार लागिपरेको छ ।
नीति तथा कार्यक्रममा छोरी शिक्षाबीमा कार्यक्रमलाई प्राथमिकताका साथ ल्याउन लागिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
मधेस प्रदेश सरकारले कृषि, सिँचाई, स्वास्थ्य, पूर्वाधारको विकासमा जोड दिने बताइएको छ ।
बजेट प्रस्तुत गर्नुअघि प्रि–बजेट पनि ल्याउने तयारीमा मधेस प्रदेश सरकारको अर्थ मन्त्रालय लागि परेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


