बुधबार १५ नयाँ संक्रमित थपिए, ११ जना संक्रमणमुक्त

काठमाडौं, १८ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका १५ नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट १२ र एन्टिजेनबाट ३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ४ हजार ८४२ मध्ये पीसीआर ३ हजार ९२९ र एन्टिजेन ९२४ परीक्षण गरिएको छ ।
बुधबार ११ जना संक्रमणमुक्त हुँदा मृत्यु शून्य छ ।
सक्रिय संक्रमितको संख्या ९८ रहेको छ । करिब एक वर्ष भन्दा बढी समयपछि सक्रिय संक्रमितको संख्या १०० भन्दा तल झरेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


