नेपालमा ‘ओलम्पिक डे’ मनाइने

काठमाडौं, १८ जेठ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवस नेपालमा २ हजारभन्दा बढी कार्यक्रम आयोजना गरेर मनाइने भएको छ ।
नेपाल ओलम्पिक कमिटी अन्तर्गतको स्पोर्ट्स फर अल कमिसन नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै ’ओलम्पिक डे’ को अवसर पारेर सातै प्रदेशमा २ हजार ४८६ कार्यक्रम आयोजना गरिने जनाएको छ ।
कमिसनले १९ दिन मनाउने ओलम्पिक डे को २२ जेठदेखि ९ असारसम्म हुनेछ । मुख्य कार्यक्रम भने २३ जुन (९ असार) मा हुने जनाएको छ ।
आधुनिक ओलम्पिक स्थानमा भएको दिनको अवसरमा मनाउन थालिएको ओलम्पिक डे २३ जुन (९ असार) मा विश्वभर मनाउने गरिन्छ ।कार्यक्रममा २ लाख २५ हजार ४४५ व्यक्तिको सहभागिता रहनेछ ।
कमिसनले यसपटक राष्ट्रिय खेलकुद संघ÷संस्था, विभिन्न विद्यालय, सुरक्षा निकाय तथा विभिन्न संघ÷संस्थाको सहभागिता रहने जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


