कैदीबन्दीका लागि फुटबल सम्बन्धि कार्यक्रम आयोजना गरिने

काठमाडौं, १८ जेठ । सेल्टर आश्रय नेपालले केन्द्रीय कारागारभित्र रहेका कैदीबन्दीका लागि फुटबल सम्बन्धि कार्यक्रम आयोजना गर्ने भएको छ ।
सेल्टर नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै ’प्रिजन फुटबल, रिहाबीलिटेसन थ्रु फुटबल’ नामक कार्यक्रम सञ्चालन गरिने जनाएको हो ।
सेल्टरले एसियन फुटबल कन्फेडेरेसन (एएफसी) र अखिल नेपाल फुटबल संघ (एन्फा)सँगको सहकार्यमा कार्यक्रम गर्न लागिएको जनाएको छ ।
जेलभित्र रहेका कैदीबन्दीको मानसिक स्वास्थ्यमा सहयोग साथै उनीहरूमा आत्मविश्वास जगाउने उद्देश्यले कार्यक्रम गर्न लागेको सेल्टर आश्रय नेपालका अध्यक्ष खुश्बु ओलीले जानकारी गराइन् ।
दुई वर्षसम्म सञ्चालन हुने कार्यक्रममा फुटबल प्रशिक्षण, प्रशिक्षक तथा रेफ्री कोर्स रहनेछ । रेफ्री कार्समा भने महिलाको मात्र सहभागिता रहने सेल्टर नेपालले जनाएको छ ।
दुई चरणमा सञ्चालन हुने कार्यक्रममा ४८ खेलाडी तथा समान ३२ प्रशिक्षक र रेफ्री सहभागी हुनेछन् ।
कार्यक्रमको पहिलो चरण ५ जुन देखि ३० नोभेम्बरसम्म सञ्चालन हुनेछ । जसमा २४ खेलाडी तथा १६–१६ प्रशिक्षक र रेफ्रीले प्रशिक्षण लिनेछन् ।
कार्यक्रमको दोस्रो चरण १ डिसेम्बरदेखि अर्काे वर्षको मेसम्म सञ्चलन गरिनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


