काठमाडौं, १७ जेठ । दुर्व्यवहार गरेको आरोप खेपेका बौद्ध भिक्षु फुर्वा लामा र अभिनेत्री मिरुना मगरबीच सहमति भएको छ ।

’ब्याड टच’ विवादमा अभिनेत्री मगर र आरोपित लामाबीच समझदारी भएको छ । दुवैले आ–आफ्नो गल्ती स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

’ब्याड टच’ विवादमा पक्राउ परेका लामालाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको आदेशपछि रिहा गरिएको थियो । आफूमाथि ब्याड टच गरेको भन्दै चलचित्र कबड्डी–४ की अभिनेत्री मिरुनाले लामालाई आइतबार प्रहरीको जिम्मा लगाएकी थिइन् ।

अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जिल्ला प्रशासन कार्यालयमा हाजिर गराएको थियो । उक्त घटनापछि उनको रिहाइ र मिरुनाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै विरोध प्रदर्शन भइरहेको छ ।