रामचरणलाई भेट्न फ्यानले गरे २६४ किलोमिटर पैदल यात्रा

एजेन्सी, १७ जेठ । साउथ सुपरस्टार राम चरणको फ्यान फलोइङ निकै ठूलो छ ।
हालै एक फ्यानले उनलाई अनौठो उपहार दिएका छन् । यी फ्यानले आफ्नो धान खेतमा उनको तस्बिर बनाए र आफ्नो खेतको फोटो फ्रेम लिएर उनलाई भेट्न आए । यो फ्यानले २६४ किलोमिटर लामो दुरी पैदल यात्रा गरेको थियो । यो कुरा रामचरणलाई थाहा हुने बित्तिकै उनले उनलाई भेटे र उनीसँग बसेर फोटो खिचे ।
रामचरणले व्यस्त कार्यक्रमबाट समय निकालेर हैदरावादस्थित आफ्नो घरमा फ्यानलाई भेटे । फ्यानले आफ्नो खेतमा धानबाट रामचरणको अनुहार बनाएका थिए । त्यसपछि गडवाल जयराजले आफ्नो फोटो फ्रेम गराएर रामचरणलाई उपहार दिए । जयराजले चामलको बोरा पनि ल्याएका थिए । यससँगै रामचरणले जयराजसँगको फोटो पनि क्लिक गरेका छन्, जुन सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
रामचरण अहिले आफ्नो आगामी फिल्म ‘आरसी १५’ को सुटिङमा व्यस्त छन् । शंकर निर्देशित फिल्ममा अभिनेत्री कियारा आडवाणी पनि मुख्य भूमिकामा देखिनेछिन् । रिपोर्टका अनुसार अभिनेता यस फिल्ममा आईएएस अफिसरको भूमिकामा देखिनेछन् । रामचरण हालै फिल्म ‘आरआरआर’ मा देखिएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


