मंगलबार ९ नयाँ संक्रमित थपिए, १३ जना संक्रमणमुक्त

काठमाडौं, १७ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका ९ नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ८५ पिसिआर परीक्षणका क्रममा ८ र ९६२ एन्टजेन परीक्षणका क्रममा १ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण मंगलबार कसैको मृत्यु नभएको र थप १३ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा ९ लाख ६७ हजार ९१ जना निको भएका छन् ।
हाल ९७ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


