काठमाडौं, १६ जेठ । प्रदर्शनरत नेपाली चलचित्र ‘कबड्डी ४’ की एक नायिका आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीकहाँ पुगेकी छन् ।

काठमाडौंको सिभिल मलमा आइतबार साँझ एक युवकले पछाडिबाट अस्वाभाविक रूपमा छोएको भन्दै उनी अभद्र व्यवहारको कसूरमा जाहेरी दिन प्रहरी वृत्त जनसेवा पुगेकी थिइन् ।

उनको जाहेरीको आधारमा प्रहरीले मुगु घर भएका फुर्वा लामालाई पक्राउ गरेर हिरासतमा राखेको छ । प्रत्यक्षदर्शीले नायिकाले ती युवकलाई झापड हानेको पनि बताएका छन् । पक्राउ परेका लामाले भूलबस छोएको दाबी गरेका छन् ।