पन्जाबी गायक तथा कांग्रेस नेता सिद्धु मुसेवालाको गोली हानी हत्या

एजेन्सी, १६ जेठ । भारतको पन्जाबको मानसामा पन्जाबी गायक तथा कांग्रेस नेता सिद्धु मुसेवालालाई गोली हानी हत्या गरिएको छ ।
भारतीय मिडियाहरुमा आएको समाचारअनुसार उनीसहित ३ जनालाई अस्पातलमा पुर्याइएको थियो । अस्पतालमा पुग्नुभन्दा पहिले नै उनको मृत्यु भइसकेको थियो ।
अन्य घाइते दुई जनालाई अस्पताल भर्ना गरिएको छ ।
सिद्धुलाई टाउको र शरीरका विभिन्न भागमा पाँच वटा गोली लागेको बताइएको छ । प्रहरीले यस विषयमा छानबिन सुरु गरेको छ ।
चलिरहेको गाडीमा उनीमाथि आक्रमण भएको थियो । घटनास्थलमा तीस राउन्ड गोली चलेको प्रहरीले बताएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


