सोमबार ६ नयाँ संक्रमित थपिए, १३ जना संक्रमणमुक्त

काठमाडौं, १६ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका ६ नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा ५ र एन्टिजेन परीक्षणबाट १ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार ४११ परीक्षण भएको छ । यसमा पीसीआर परीक्षण १ हजार ५५३ र एन्टिजेन परीक्षण ८५८ भएको छ ।
पछिल्लो २४ घण्टामा १३ जना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट कसैको मृत्यु भएको छैन । अहिले देशभर सक्रिय संक्रमितको संख्या १०२ रहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


