चिकित्सा शिक्षाको प्रवेश परीक्षामा सामेल हुन राष्ट्रिय परिचय–पत्र अनिवार्य

काठमाडौं, १६ जेठ । अब चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षामा सहभागी हुनका लागि राष्ट्रिय परिचय–पत्र अनिवार्य बनाउनु पर्ने भएको छ ।
आयोगले सूचना जारी गरी अबदेखि डीएम/एमसीएच, स्नातकोत्तर तह र स्नातक तह सबैको प्रवेश परीक्षामा परिचय–पत्र आवश्यक हुने जानकारी दिएको हो ।
आयोगका अनुसार अब प्रवेह परीक्षामा सहभागी हुन आवेदन दिँदा आवेदनमा राष्ट्रिय परिचय–पत्र नम्बर अनिवार्य उल्लेख गर्नुपर्ने हुन्छ । यस कारण बेलैमा राष्ट्रिय परिचय पत्र बनाएर राख्न आयोगले विद्यार्थीहरुलाई आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


