प्लानिङ ब्वाइज युनाइटेड ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा

काठमाडौं, १६ जेठ । समाज कल्याण खेलकुद केन्द्रलाई ४–० ले हराउँदै प्लानिङ ब्वाइज युनाइटेड सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार खेलको १९ औं मिनेटमा फागुराम थारूले प्लानिङलाई सुरुवाती अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा प्रतापसिंह राईले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
६८ औं मिनेटमा विपिन पराजुलीले आत्मघाती गोल गरेपछि प्लानिङले ३–० ले अघि बढ्यो । ८१ औं मिनेटमा अर्जुनकुमार रानाले गोल गरेपछि प्लानिङले ४–० को फराकिलो जित हात पारेको हो ।
जितसँगै १२ खेलमा २८ अंक जोडेको प्लानिङ अन्तिम खेल जितेको खण्डमा ‘बी’ डिभिजनमा बढुवा हुनेछ । पराजित समाज कल्याण समान खेलबाट १५ अंकका साथ सातौं स्थानमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


