एजेन्सी, १६ जेठ । इंग्लिस क्लब लिभरपुलका सेनेगली फरवार्ड सादियो मानेले क्लब छाड्ने भएका भएका छन् । बेलायती सञ्चारमाध्यमका अनुसार अनुसार माने यही समरमा क्लब छाड्ने भएका हुन् ।

लिभरपुलसँग मानेको सम्झौता अर्को वर्षको जुनसम्म छ । सम्झौता अझै एक वर्ष बाँकी रहँदा नै उनले क्लब छाड्ने मनसाय बनाएका हुन् । यस विषयमा मानेले लिभरपुललाई जानकारी गराइसकेको बताइएको छ ।

पछिल्लो समय ३० वर्षीय माने जर्मन क्लब बायर्न म्युनिख जाने चर्चा छ । उनी २०१६ मा अर्को इंग्लिस क्लब साउथ ह्याम्पटनबाट एनफिल्ड आएका थिए ।

मानेले लिभरपुलका लागि प्रिमियर लिग, एफए कपलगायत ६ उपाधि जितेका छन् । मानेले लिभरपुलका लागि २६८ खेलमा १२० गोल गर्नुका साथै ४८ गोलका लागि अवसर सिर्जना गरेका छन् ।