काठमाडौं, १५ जेठ । अर्थमन्त्री जनार्दन शर्माले सर्जकहरुको बौद्धिक सम्पती एवं प्रतिलिपि अधिकारको संरक्षण गर्ने बताएका छन् ।

आइतबार संघीय संसदमा आगामी आर्थिक बर्षका लागि बजेट विनियोजन गर्दै उनले बौद्धिक सम्पतिको चोरी तथा प्रतिलिपि अधिकारका उलङ्घनको उपर कारबाही प्रक्रिया समेत प्रभावकारी बनाउने बताए ।