युक्रेनले डेनमार्कबाट पायो हार्पुन मिसाइल

एजेन्सी, १५ जेठ । युक्रेनले डेनमार्कबाट हार्पुन एन्टी शिप मिसाइल र अमेरिकाबाट स्व–चालित होवित्जर पाउन सुरु गरेको छ । युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले यसबारे जानकारी दिएका छन् ।
ओलेक्सी रेज्निकोभले आफ्नो फेसबुक पेजमा लेखे, ‘हाम्रो देशको तटीय रक्षालाई हार्पुन मिसाइलले बलियो मात्रै गर्ने छैनन् यसको प्रयोग प्रशिक्षित युक्रेनी टिमले गर्नेछ ।’
रेज्निकोभले हार्पुन क्षेप्यास्त्रको आपूर्ति धेरै देशहरूबीचको सहकार्यको परिणाम भएको बताए ।
युक्रेनले यस्ता अत्याधुनिक हतियारको माग गर्दै आएको छ तर हालसम्म धेरैजसो सहयोग छोटो दूरीमा प्रहार गर्न सक्ने एन्टि–ट्याङ्क हतियारको रूपमा आएको छ ।
अमेरिकाले युक्रेनलाई लामो दूरीका भारी हतियार आपूर्ति गर्ने अनुरोधमा विचार गरिरहेको छ, तर यस विषयमा अन्तिम निर्णयमा पुगेको छैन ।
पेन्टागनका अनुसार हार्पुन क्षेप्यास्त्रले उपग्रहबाट चल्ने प्रणाली प्रयोग गर्दछ जसले गैर(युद्ध लक्ष्यहरू प्रहार गर्ने जोखिमलाई धेरै कम गर्छ । यसलाई जहाज र पनडुब्बीमार्फत् दाग्न सकिन्छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


