एजेन्सी, १५ जेठ । इन्डियन प्रिमियर लिग (आइपिएल) को १५ औं संस्करणको उपाधिका लागि आज गुजरात टाइट्न्स र राजस्थान रोयल्स भिड्दैछन् । यी दुई टोलीबीचको उपाधि भिडन्त अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा राति सवा आठ बजे सुरु हुनेछ ।

नवप्रवेशी टोली गुजरात राजस्थानलाई हराउँदै पहिलो सहभागितामै उपाधि उचाल्न चाहन्छ । राजस्थान पनि गुजरातलाई हराउँदै दोस्रोपटक आइपिएलको उपाधि जित्ने योजनामा छ । राजस्थानले सन् २००८ मा पहिलो संस्करणको उपाधि जितेको थियो । त्यसयता ऊ फाइनलसम्म पुग्न सकेको थिएन ।

गुजरात भने डेब्यु सिजनमै फाइनलमा पुग्न सफल भयो । ऊ पहिलो क्वालिफायरमा गुजरातलाई ७ विकेटले हराएर फाइनल पुगेको हो ।दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई हराउँदै राजस्थानले उपाधि भिडन्त पक्का ग¥यो ।

राजस्थान आज गुजरातविरुद्ध समूह चरण र पहिलो क्वालिफायरमा बेहोरेको हारको बदला लिन चाहन्छ । गुजरात भने यस सिजन राजस्थानमाथि लगातार तेस्रो जित निकाल्दै उपाधि उचाल्ने सोचमा छ ।

समूह चरणको भेटमा गुजरातले राजस्थानलाई ३७ रनले हराएको थियो ।