युवा तथा खेलकुदतर्फ २ अर्ब ४६ करोड रकम विनियोजन

काठमाडौं, १५ जेठ । सरकारले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न बजेट छुट्याएको छ ।
आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले त्रिवि मैदानमा रात्रिकालीन खेलका लागि फ्लड लाइट जडान गर्न बजेट छुट्याएको बताएका हुन् ।
त्यस्तै, सरकारले कोहलपुरस्थित क्रिकेट मैदानका लागि पनि सरकारले बजेट विनियोजन गरेको छ ।
सरकार एक स्थानीय तह एक खेल ग्रामको कार्यक्रमलाई निरन्तरता दिने भएको छ । सरकारले युवा तथा खेलकुदतर्फ २ अर्ब ४६ करोड रकम विनियोजन गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


