२५ जिल्लाका सुत्केरीलाई ५ हजार रुपैयाँ सुत्केरी भत्ता दिइने

काठमाडौं, १५ जेठ । सरकारले आगामी वर्षदेखि मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका सुत्केरीलाई ५ हजार रुपैयाँ सुत्केरी भत्ता दिने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै २५ जिल्लाका सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी भत्ता दिने घोषणा गरेका हुन् ।
उनले मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका सुत्केरीलाई एकमुस्टरुपमा पाँच हजार रुपैयाँ पोषणभत्ता उपलब्ध गराउने बताए । त्यस्तै अर्थमन्त्री शर्माले प्रसूति सेवा उपलब्ध गराई आमा सुरक्षा कार्यक्रममा रकम वृद्धि गर्ने घोषणा गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


