स्वास्थ्य बीमा कार्यक्रम विस्तारका लागि ७ अर्ब विनियोजन

काठमाडौं, १५ जेठ । सरकारले स्वास्थ्य बीमा कार्यक्रम विस्तारका लागि ७ अर्ब रूपैयाँ विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब रूपैयाँ विनियोजन गरेको बताए ।
सरकारले आव २०७२/०७३ मा ५० करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो । आव २०७३/ ०७४ मा सरकारले १० करोड रूपैयाँ मात्रै बजेट विनियोजन गरेको थियो ।
आव २०७४/०७५ मा आइपुग्दा सो रकम बढाएर सरकारले २ अर्ब ५० करोड रूपैयाँ पुर्याएको थियो । आव २०७५/०७६ मा सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि १ अर्ब ४२ करोड ७३ लाख ४८ हजार रूपैयाँ बजेट विनियोजन गरेको थियो ।
आव २०७६/०७७ मा ३ अर्ब ३७ करोड ३० लाख ७५ हजार रूपैयाँ, आव २०७७/०७८ मा ५ अर्ब १९ करोड ५१ लाख रूपैयाँ बजेट विनियोजन भएको तथ्यांक छ । यस्तै, चालु आव २०७८/०७९ मा सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


