शनिबार ८ नयाँ संक्रमित थपिए, १५ जना संक्रमणमुक्त

काठमाडौं, १४ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका ८ नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९६९ नमुनाको परीक्षण गरिएकामा ८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १ हजार ११९ नमुनाको पीसीआर परीक्षण गर्दा ५ र ८५० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५२ जनाको मृत्यु भएको छ । केही दिनयता कोरोनाका कारण मृत्यु हुनेको संख्या थपिएको छैन ।
पछिल्लो २४ घण्टामा देशभर १५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ९ लाख ६७ हजार ५२ पुगेको छ ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ११४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


